ओखलढुंगामा बस दुर्घटना, ३ को मृत्यु, १५ घाइते

  • | बुधबार, २५ आषाढ, २०७६
  • | 6 days ago


ओखलढुंगा । ओखलढुंगामा बुधबार बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

 

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको भएको हो ।

 

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

 

घाइते घाइतेमध्ये चार जनालाई काठमाडौं लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।