भारतमा बस दुर्घटना हुँदा २९ को मृत्यु

  • | सोमबार, २३ आषाढ, २०७६
  • | 1 week ago


नयाँदिल्ली । भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस दुर्घटनामा परेको हो । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ ।

 

सबै शव बाहिर निकालिएको र घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटना बिहान पौने पाँच बजेतिर भएको हो । मृत्यु हुनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका छन् ।