बबरमहलमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

  • | शनिबार, २१ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । काठमाडौंस्थित बबरमहलमा ट्याक्सीको ठक्करबाट स्कूटरमा सवार एक जनाको मृत्यु भएको छ ।
स्कुटर पछाडि बसेका दीपक थापाको मृत्यु भएका हो ।

 

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।