डडेल्धुरामा बस दुर्घटना : ५ जनाको मृत्यु, २० घाइते

  • | बुधबार, ११ बैशाख, २०७६
  • | 1 year ago


डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रु बहाक बस बुधबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङ केदारस्यू गाउँपालिकाका नरेश गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।
घाइते २० जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

 बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।