लुक्लामा हवाई जहाज हेलिकोप्टरसँग ठोक्कियो

२ जनाको मृत्यु

  • | आइतबार, १ बैशाख, २०७६
  • | 5 days ago


काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार बिहान समिट एयरको प्लेन उड्न लाग्दा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको हो ।

 

को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यस्तै अर्का एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाको पुष्टी गर्दै रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको बताए ।

यस्तै दुर्घटनामा घाइते तीन जनालाई काठमाडौं ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।