पूर्वराजाको सुरक्षार्मीको जीपले ठक्करदिँदा १ जनाको मृत्यु, १ घाइते

  • | बिहीबार, २८ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको जीपले मोरङमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएको छ ।
पूर्वराजाको सुरक्षाकर्मीको बा ३ च ७९६२ नम्बरको जिपले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

 

ठक्करबाट इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा बुधबार साँझ करिब ७ बजे ठक्कर दिएको हो ।

 

सोही दुर्घटनामा घाइते २१ वर्षीय प्रकाश चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्करदिँने जीपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।