इथियोपिया विमान दुर्घटना : १ सय ५७ जनाकै मृत्यु

  • | आइतबार, २६ फागुन, २०७५
  • | 5 months ago


इथियोपिया । इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा सवार सबै यात्रुको निधन भएको छ ।

 

एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको सो जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको एयरलाइन्सले पुष्टि गरेको छ ।

 

जहाजमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी जम्मा १ सय ५७ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको हो ।
स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा विमान सम्पर्कमा आएको थियो ।

 

उडान भएको केही क्षणमा नै जहाज दुर्घटना भएको बताइएको छ । एयरलाइन्सले भनेको छ, ‘एडिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको छ ।’ एयरलाइन्सले उद्धार जारी रहेको बताएको छ ।
इथियोपियाका प्रधानमन्त्री अविय अहमदले भने दुर्घटनमा परी निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन् ।