आबुधाबीमा बस दुर्घटना, ६ नेपाली घाइते

  • | बिहीबार, २ माघ, २०७६
  • | 5 months ago


यूएई । यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना पाँच जनाको मृत्यु भएको छ । यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किएको हो ।

 

दुर्घटनामा नेपाली श्रमिकको पनि मृत्यु गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् ।

 

घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।