फाइभ स्टार होटल मेरियट सञ्चालनमा

  • | मंगलबार, ३ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । काठमाडौंमा नयाँ फाइभ स्टार होटल थपिएको छ ।  काठमाडौंको नागपोखरीमा १ वैशाखदेखि मेरियट होटल सफ्ट सञ्चालन आएको हो ।
१३ रोपनीमा फैलिएको मेरियट होटलको औपचारिक उद्घाटन भने केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

 

मेरियट होटलमा नेपालको ब्यवसायिक घराना एमएस ग्रुपको लगानी रहेको छ । यसको ब्यवस्थापन भने विश्वब्यापी अमेरिकन चेन होटल ब्राण्ड मेरियटले हेर्नेछ । झण्डै ४ अर्ब लगानीमा खुलेको अत्याधुनिक फाइभ स्टार होटल काठमाडौंको मुटुमा अवस्थित छ ।

 

मेरियट होटलका अध्यक्ष शशीकान्त अग्रवालकाअनुसार उक्त होटलमा २ सय १४ कोठा रहेका छन् । होटलमा विलासी प्रेसिडेन्सियल स्वीटदेखि सबै प्रकारका रुमहरुको ब्यवस्था छ । २० वटा स्वीट रहेको होटलमा १९३ डिलक्स रुमहरु छन् ।

 

होटलमा आधुनिक स्वीमिङ पुल, स्पा, जिम हल, सेमिनार हल, बैक्वेटका साथै ठमेल किचन र इदाममो गरी दुई वटा रेष्टुरेन्ट छन् । मेरियट होटल सञ्चालन आएसँगै काठमाडौं उपत्यकामा फाइभ स्टार होटलको होटलको संख्या ८ पुगेको छ भने देशभर फाइभ स्टार होटलको संख्या १४ पुगेको छ । जसमध्ये २ वटा भने बन्द अवस्थामा छन् ।