विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च

  • | सोमबार, २८ पुष, २०७६
  • | 9 months ago


काठमाडौं । जिनी मोबाइल्सले विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च गरेको छ ।

 

कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन लञ्च गरेको हो । यो जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो ।

विश्वलाई नै चकित बनाएको यो फोन २.४ इञ्च लम्बाइ, १.८ इञ्च चौडाइ र ०.६५ इञ्च मोटाइ छ ।

अत्यन्तै सानो सो फोनमा क्यामेरासहित अन्य १४ फिचर्स पनि राखिएको छ ।


मोबाइल कम्पनीको आधिकारिक वेबसाइटबाट फोन बुक गर्न सकिने कम्पनीले जनाएको छ । फोन अमेरिकाबाट लञ्च गरिएको हो ।
फोनबाट राम्रो फोटोग्राफी तथा भिडिओ खिच्न सकिने कम्पनीले दाबी गरेको छ ।

 

मोबाइलमा फन्ट तथा रियल क्यामेरा राखिएको छ । यस्तै, एफएम रेडियो, अर्लाम, क्यालेन्डर, एमपिथ्री लगायतका फिचर पनि फोनमा छन् । यसमा बोलेरै म्यासेज टाइप गर्न सकिने फिचर पनि समावेश गरिएको छ ।

उक्त फोनमा ३२ जिबीको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ । यसले गर्दा खिचिएको फोटो तथा भिडिओ सजिलै एसडी कार्डबाट अर्को फोनमा सार्न सकिन्छ ।