तीन बुँदे सहमतिपछि मूलपानी–डाँछी सडकखण्ड खुल्यो

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । विभिन्न तीन बुँदे सहमतिपछि मूलपानी–डाँछी सडकखण्ड खुलेको छ ।  सडकको हिलो तत्काल सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउनेलगायत सहमतिपछि अवरुद्ध सडक खुलेको हो ।

 

बाटो निर्माणमा ढिलाई भएको भन्दै स्थानीय मंगलबार बिहानैदेखि बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति सहमति भएको हो ।

 

सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमति भएको छ ।
यस्तै तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको हो ।