चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक

  • | बुधबार, २७ कार्तिक, २०७६
  • | 11 months ago


काठमाडौं । चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

कमेडी शैलीको फिल्मको ट्रेलरमा पैसाको पछि लागेका युवाहरुको जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ ।

 


समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा जोन योञ्जनको लेखन तथा निर्देशन रहेको छ ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । यस्तै फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ ।